नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 447 · वि.सं. २०२५

नि.नं. 447 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आर्थिक ऐन, २०२० अनुसार आय टिकट दस्तुर टाँस्नु पर्नेमा–आय टिकट दस्तुर ऐन, २०१९ को दफा ७ को व्यवस्था लागू हुने । आय टिकट दस्तुर टाँसिने विषयमा पनि आर्थिक ऐन, २०२० दफा १६ मा अनुसूची ७ बमोजिम आय टिकट दस्तुर लगाइने र असुलउपर गरिने कुरासम्म उल्लेख भएको र आय टिकट दस्तुर ऐन, २०१९ को दफा ३ मा साल बसाली वा कुनै एक सालको निमित्त आय टिकट दस्तुर लगाउने गरी कुनै ऐनबाट व्यवस्था भएमा त्यस्तो आय टिकट यो ऐन र यसअन्तर्गत बनेका नियमबमोमिज टाँस्नुपर्छ भन्ने प्रष्ट व्यवस्था भइराखेको समेत हुनाले आर्थिक ऐन, २०२० बमोजिम आय टिकट दस्तुर टाँस्नुपर्नेमा आय टिकट दस्तुर ऐन, २०१९ को दफा ७ को व्यवस्था लागू नहुने भन्न मिल्ने देखिन आउँदैन । (प्रकरण नं. ८) (२) आय टिकट दस्तुर ऐन, २०१९ को दफा ६ बमोजिम सहीछापको रीत नपुर्‍याएमा–उक्त ऐनको दफा ७ अनुसार कानूनी मान्यता लोप नहुने । दफा ४ ले उक्त दफा ६ लाई अंगालेको पनि नभई दफा ४ को कुरालाई लिएर दफा ६ मा सहीछापको रीत पुर्‍याउनुपर्ने । दफा ७ मा आय टिकट नटाँसेको वा घटी पारी टाँसेकोमा कानूनी मान्यता नहुने छुट्टाछुट्टै व्यवस्था गरेको छ । दफा ७ सजायसम्बन्धी दफा भएको सजायसम्बन्धी दफाले जति कुरालाई प्रष्ट रूपमा लिएको छ । त्यतिसम्म मात्र त्यसलाई सीमित राख्नुपर्ने हुन आउँछ । अतः दफा ६ बमोजिम सहीछापको रीत नपुर्‍याएकोमा दफा ७ बमोजिम कानूनी मान्यता लोप हुन सक्ने देखिँदैन । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.447
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2025/02/08
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 447
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्