नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 445 · वि.सं. २०२५
नि.नं. 445 — उत्प्रेरषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिसम्बन्धी नियम, २०२१ को नियम ७ अनुसार उजुरी दिने म्याद जुग्रेमा भूमिसुधार विशेष अदालतले नेपाल विशेष अदालत ऐन, २०१३ को दफा ६ को खण्ड (घ) बमोजिम म्याद थामी उजुर लिई हेरी निर्णय गरेमा कानून अनुरुप हुने । उजुरी गर्न नसकी हदम्याद गुज्रन गएको अवस्थामा के हुन्छ भनी हेर्दा । यस्तो गुज्रेको म्याद थमिदैन भन्ने भूमिसम्बन्धी ऐन नियममा कहीं उल्लेख नभएको म्याद थामिदिन गाउँ पञ्चायत वा नगर पञ्चायतलाई अधिकार भएको पनि नदेखिएकोले सो नियम ७ बमोजिम पर्न आएको मुद्दा हेरी किनारा गर्न पाउने गरी तोकिएको विशेष अदालतले नेपाल विशेष अदालत ऐन, २०१३ बमोजिमको कार्य प्रणाली अपनाउने उल्लेख भएकोले नेपाल विशेष अदालत ऐन, २०१३ को दफा ६ को खण्ड (घ) मा उजुर गर्ने हदम्याद गुज्रेको थामिदिन सक्ने अधिकार भएको सो वि.अ. ले प्रयोग गर्न नपाउने भन्न नमिल्ने हुँदा सोबमोजिम म्याद थामी उजुरी लिई हेरी निर्णय गरेको कानूनअनुरुप नै भएको हुनाले गैरकानूनी भन्ने मिलेन । (प्रकरण नं. ७) (२) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५५ तोकिएको अदालतको निर्णय अन्तिम हुने व्यवस्था विशेष अड्डालाई भू.सं. नियम ७ को मुद्दा हेरी किनारा गर्ने गरी आदेशबाट तोकी दिएमा–उक्त अदालतको निर्णय अन्तिम हुने । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५५ मा तोकिएको अदालतले गरेको निर्णय अन्तिम हुने व्यवस्था भएको विशेष अदालतलाई नियम ७ को मुद्दा हेरी किनारा गर्नेगरी तोकी दिएको मिति २०२१।१२।१६ खण्ड १४ संख्या ५० को राजपत्रमा प्रकाशित आदेशबाट देखिएकाले तोकिएको विशेष अदालतको निर्णय अन्तिम हुने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 445 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेरषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2024/12/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 445 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
