नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4370 · वि.सं. २०४८
नि.नं. 4370 — करार अनुसार लिखत पास गराई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) करार हुनका लागि कुनै काम गर्न वा नगर्नका लागि दुई वा सो भन्दा बढी पक्षहरु बीच सहमति भएको हुनु पर्ने र एकपक्षले राखेको प्रस्ताव अर्को पक्षले स्वीकृति दिएमा करार भएको मानिने । (प्रकरण नं. १३) (२) लिखत जे नाम राखेर गरिएको भए पनि उक्त लिखतमा करारका आवश्यक तत्वहरु विद्यमान भई करार ऐन, २०२३ ले गरेको करारको परिभाषा भित्र पर्ने देखिँदा यी वादी प्रतिवादी बीच भएको लिखतलाई करारको लिखत मान्नु पर्ने । (प्रकरण नं. १३) (३) स्पष्टरुपमा पैसा बुझी जग्गा फिर्ता दिन्न भनेर प्रतिवादीले २०४०।१०।१५ मा वादीलाई भनेपछि मुद्दा गर्नु पर्ने कारण परेको भनी वादीले देखाएको मितिलाई प्रतिवादीले अन्यथा भन्न नसकेको स्थितिमा वादीको फिराद हदम्याद बाहिरको छ भन्न सक्ने अवस्था नरहने । (प्रकरण नं. १५) (४) लिखत भएकोमा प्रतिवादीले स्वीकार नै गरेको हुँदा यस्तो स्थितिमा प्रतिवादीले जग्गामा हक कायम गरेको भए पनि निज प्रमाण ऐन, २०३१ को दफा ३४ ले विबन्धित हुने हुँदा प्रतिवादीले वादीलाई उक्त जग्गामा दावी गर्ने अधिकार नै छैन भन्न सक्ने होइन करारको लिखत रजिष्ट्रेशनको १ नं. अनुसार पास गराउनु पर्ने कानुनी व्यवस्था रहे भएको समेत देखिँदैन । (प्रकरण नं. १५) (६) स्वेच्छाले गरिदिएको लिखत सदर हुने अ.बं. २४ नं. मा स्पष्ट व्यवस्था भएको देखिने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4370 |
|---|---|
| मुद्दाको विषय | करार अनुसार लिखत पास गराई पाउँ |
| निर्णय वर्ष / मिति | 2048/08/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रुदबहादुर सिंह | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4370 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
