नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4369 · वि.सं. २०४८
नि.नं. 4369 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रतिवादीले जाँडमा विष हाली खुवाई सोही विषको कारणबाट मृत्यु भएको भन्ने कुरा देखिन आएको प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(२) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको फैसला मिलेको देखिँदा मनासिब ठहर्ने । (प्रकरण नं. ३१) (२) अभियुक्तको उमेर १९ वर्ष मात्र देखिएको र निजले अदालतमा सत्य कुरा गरी अपराध गरेमा सावित भएको कुरालाई दृष्टिगत गर्दै अपराध गरेको परिस्थिति समेतलाई विचार गरिएमा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने तथा कैद वर्ष १५ सजायँ गर्दा पुग्ने देखिएकोले प्रतिवादीलाई अ.बं. १८८ नं. प्रयोग गरी वर्ष १५ मात्र सजायँ हुने । (प्रकरण नं. ३२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4369 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2048/07/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4369 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
