नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4368 · वि.सं. २०४८
नि.नं. 4368 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रशासकीय अदालतको निर्णयमा कुनै गम्भीर कानुनी त्रुटि देखिएमा यस अदालतले पुनरावेदनको अनुमति नदिने प्रश्नै उठ्दैन, कानुन बमोजिम पुनरावेदन गर्ने अनुमति दिनु पर्ने व्यवस्था हुँदा हुँदै पनि यस अदालतबाट अनुमति नदिइएला भन्ने अनुमान गर्नु र त्यस्तो अनुमानलाई आधार बनाएर पुनरावेदनको अनुमति सम्बन्धी उक्त व्यवस्थालाई अन्य उपचार रहित अवस्थाको संज्ञा दिनु उचित एवं तर्कसंगत नदेखिने । (प्रकरण नं. १४) (२) निजामती सेवा ऐनको प्रावधान अनुसार सफाइको मौका दिंदा अव्यवहारिक हुने कुरा त्यस्तो अधिकारीको चित्तमा लाग्नु नै पर्याप्त हुँदैन सो को कारण खुलाउनु पनि अनिवार्य देखिँदा अव्यवहारिक हुन्छ भन्ने त्यस्तो अधिकारीको चित्तमा लागेको कुरा वस्तुगत तथ्यमा आधारित हुनुपर्दछ र ती तथ्यहरुको विवेचना वा मूल्यांकनबाट निजले सफाईको मौका दिनु अव्यवहारिक भएको भनी निष्कर्ष निकालेको कुरा पर्चाबाट देखिनु पर्ने । (प्रकरण नं. १६) (३) निवेदकको के कस्ता कार्यले गर्दा न्याय सेवाको पवित्र मर्यादालाई आँच पुग्न जाने हो सो को तथ्यपूर्ण विवरणको अभावमा न्याय सेवाको पवित्र मर्यादालाई आँच पुर्याउने जस्ता राष्ट्रसेवकले गर्नुमा प्रतिबन्धित भन्ने पर्चाको अभिव्यक्तिलाई पर्चामा (साविक पेज नं. ५३६) निवेदन उपर लगाइएको आत्मनिष्ठ आरोप मात्र सम्झनु पर्ने हुन्छ त्यसलाई आरोप प्रमाणित गर्ने आधार र कारण सम्झन नमिल्ने । (प्रकरण नं. १६) (४) निजामती सेवा नियमावली, २०२१ को नियम १०.१, १०.१(५), १०.६(५) को समेत समष्टीगत रुपबाट अध्ययन गर्दा निजामती कर्मचारीलाई सफाइको सबूद दिने मौका दिएर होस वा अव्यवहारिकताको आधारमा पर्चा खडा गरेर नै होस जुनसुकै प्रकृयाबाट सेवाबाट हटाउँदा निजलाई सेवाबाट हटाइनु पर्ने उचित तथा पर्याप्त कारण अनिवार्य रुपमा उल्लेख गर्नुपर्छ उचित र पर्याप्त कारणको अभावमा आरोप मात्र उल्लेख गरेर सेवाबाट हटाउन नमिल्ने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4368 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2048/09/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4368 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
