नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4367 · वि.सं. २०४८
नि.नं. 4367 — अदालतको अवहेलना
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफ्नो हक भोग नै नभएको जग्गामा निर्मित सेफ्टी टैंकी सफा गर्ने कार्यमा बिना आधार प्रमाण विपक्षी प्रतिवादीहरुबाट विवाद श्रृजना गरेको भन्ने कुरा विपक्षीहरुको भनाइबाटै प्रमाणित भइरहेको देखिँदा अन्तरिम आदेश बमोजिम पुनरावेदक वादीलाई उक्त सेफ्टी टैंकी सफा गर्न बाधा विरोध उत्पन्न गरेनन् होला भन्न सकिने अवस्था नदेखिएकोले प्रतिवादीहरुले अदालतको दिएको आदेशको पालना नगरी अदालतको अवहेलना गरेको पुष्टी हुन आएकोले अञ्चल अदालतबाट प्रतिवादीले अदालतको अवहेलना गरेको ठहर्याई गरेको इन्साफ (साविक पेज नं. ५३३) मिलेकै देखिने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4367 |
|---|---|
| मुद्दाको विषय | अदालतको अवहेलना |
| निर्णय वर्ष / मिति | 2048/08/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4367 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
