नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4365 · वि.सं. २०४८
नि.नं. 4365 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) त्रि.वि.वि.द्वारा संचालन हुने कुनै पनि परीक्षामा आउँदो तीन वर्षसम्म सम्मिलित हुन नपाउने गरी निष्काशित गर्ने गरी थप सजायँ गर्नलाई अभद्र व्यवहार (साविक पेज नं. ५२६) गरेको भन्ने कारण दर्शाइएको छ, यसरी अभद्र व्यवहार भन्नाले के कस्तो किसिमको काम निवेदक समेतबाट हुन गयो जसबाट अभद्र व्यवहार हुन गयो सो निश्चित रुपमा परीक्षा समितिको निर्णयमा खुलेको पाइँदैन, थप सजायँ गर्नलाई किटानी मनासिब तथा पर्याप्त कारण उल्लेख हुनु पर्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4365 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2048/09/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4365 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
