नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4361 · वि.सं. २०४८

नि.नं. 4361 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सुरक्षणको सम्बन्धमा मुलुकी ऐन जमानी गर्नेको महल अन्तर्गत कागज भएको नदेखिँदा सो जमानी गर्नेको महलको कानुनी व्यवस्था प्रस्तुत केशमा आकर्षित हुने स्थितिको देखिन्न, जमानी गर्नेको महल बमोजिम जमानी भए गरेकोमा सो जमानीको महलको कानुनी प्रावधान आकर्षित हुने । (प्रकरण नं. १३) (२) बैंकले सुरक्षणमा दिएको सम्पत्तिबाट (साविक पेज नं. ५०८) साँवा ब्याजको रकम असूल उपर, लिलाम बिक्रीबाट गर्न सक्ने हुँदा सुरक्षण राखिएको धितो सम्पत्तिबाट असूल उपर नगरी पहिले ऋणिको जेथाबाट लिलाम बिक्री गरी अनि कर्जा असूली नभए सुरक्षण दिनेको जेथाबाट असूल उपर गर्नुपर्छ भन्ने निवेदकको भनाई कानुन अनुरुप भएको भन्न नमिल्ने । (प्रकरण नं. १५) (३) ऐन बमोजिम जरिवाना, कैद र दुनियाँको बिगो बापत जायजात गरिएको होइन, यस्तोमा दण्ड सजायँको २६ नं. आकर्षित हुने स्थिति भएन । (प्रकरण नं. १६) (४) नियममा भएको व्यवस्था अदालतबाट लिलाम गर्दा अपनाइने कार्यविधि हो प्रस्तुत लिलाम अदालतबाट भएको होइन, यस्तोमा उक्त नियमावलीको व्यवस्था नेपाल बैंक लि.लाई आकर्षित नहुने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4361
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2048/06/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4361
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्