नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4357 · वि.सं. २०४८

नि.नं. 4357 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) घाँटी अठ्याई दिएको कारणबाट मृत्यु भएको, मृत्यु पछि आफ्नो बचाउको लागि रुखमा लगी झुण्डाई दिएकोमा अन्यथा जिकिर समेत नरहेकोबाट निज पुनरावेदक प्रतिवादीले ज्यानसम्बन्धी महलको १ नं. र ऐ.को (साविक पेज नं. ४९२) १३(३) नं. विपरीतको अपराधिक कार्य गरेकोमा विवाद देखिन नआएकोले निजलाई ऐ.को १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको इन्साफ कानुनसंगत नै देखिने । (प्रकरण नं. १९) (२) आफू उपर सौता ल्याउने कुरा सुनी मर्न भनी घर छाडी हिडेकी, घर फर्क भनी सम्झाउँदा नमानेकीले घाँटीमा समाउँदा निजको मृत्यु हुन गएको भन्ने कुरा बयानमा उल्लेख रहेको सौता ल्याइसकेको भन्ने कुरा कहीं कतैबाट प्रमाणित हुन नसकेको, लाशको डाक्टरी परीक्षण पनि भएको नपाइएको, पुनरावेदक प्रतिवादीलाई मार्नु पर्नेसम्मको पूर्व स्थिति अवस्था पनि देखिन नआएको निजलाई दावी बमोजिम सजायँ गर्दा न्यायसंगत नहुँदा अ.बं. १८८ नं. बमोजिम कैद वर्ष (७) सात हुने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4357
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2048/09/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4357
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्