नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4353 · वि.सं. २०४८
नि.नं. 4353 — भ्रष्टाचार
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कुनै राष्ट्रसेवकले आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको कुनै व्यक्ति वा सरकारी मान्यता प्राप्त कुनै संस्थाको चल वा अचल सम्पत्ति बदनियत साथ मासेमा दफा १३(१) बमोजिम कारवाही हुन सक्ने । (प्रकरण नं. २५) (२) भ्रष्टाचार निवारण ऐनमा लेखिए जतिमा सोही ऐन बमोजिम र सो देखि बाहेककोमा अन्य ऐन आकर्षित हुने, प्र.उपर भ्रष्टाचार निवारण ऐनको दफा १३(१) (साविक पेज नं. ४७२) समेतको अभियोग लगाइएको र निजको सम्बन्धमा उक्त व्यवस्था आकर्षित हुने देखिएकोबाट आफ्नो जिन्सी हिनामिना गरेकोमा खाद्य संस्थानले कानुन बमोजिम नालिश गरी असूल उपर गर्नुपर्ने भन्न नमिल्ने । (प्रकरण नं. २७) (३) जिम्मामा रहेको चामल तथा बोरा नपुग भई हिनामिना भएको स्थितिमा अन्यथा भएको हो भनी निजले प्रमाणित गर्न सकेको अवस्थामा बाहेक निजले मासेको हिनामिना गरेको हो भन्नु पर्ने हुन्छ । यस स्थितिमा निजको बदनियत थिएन भन्न नसकिने । (प्रकरण नं. २८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4353 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार |
| निर्णय वर्ष / मिति | 2044/10/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4353 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
