नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4349 · वि.सं. २०६१
नि.नं. 4349 — करार वमोजिम गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एकाको नाउँको जग्गा अर्को व्यक्तिको नाममा नामसारी दर्ता गरी दिनको लागि कानून वमोजिमको लिखत गरी हक छाडी नदिएसम्म सो कार्यान्वयन हुनसक्ने अर्थात कानूनले तोकेको प्रक्रिया पूरा गरेको हक हस्तान्तरणको लिखत बेगर यस्तो व्यहोराको शर्तनामाको कागजको आधारमा मात्र अचल सम्पत्ति दर्ता नामसारी गर्न नमिल्ने । § प्रचलित कानूनले अन्यत्र सम्पत्ति हक हस्तान्तरण गर्दा अपनाउनु पर्ने कार्य विपक्षीले पालना नगरी केवल शर्तनामाको आधारमा मात्र एकाको नामको जग्गा अर्को व्यक्तिको नाममा कि.का. गरी नामसारी गरी दिने भन्ने शर्त कार्यान्वयन हुन सक्ने अवस्था देखिएन । करारको लिखतमा रजिष्ट्रेशन पारित गरि दिनेछु भन्ने शर्त पनि नभएको समेत बाट जग्गा तर्फको शर्त पूरा गर्नुपर्ने आवश्यकता देखिएन । तसर्थ, वादीले दावी गरेको प्रतिवादीको नाउँको जग्गा मध्येबाट कि.का. गरी ०–१–० जग्गा वादीको नाउँमा दर्ता नामसारी गरी गराई पाउँ भन्ने वादी दावी पुग्न सक्ने देखिन नआउने । § रुपैंया लिनुदिनु गर्ने र रुपैंया लिने दिने सम्वन्धमा कबुलियत शर्त गर्ने कार्य घरसारमा समेत हुन सक्ने र त्यसको लागि कानूनले कुनै बाधाविरोध नगरेको अवस्थामा सो सम्वन्धमा प्रतिवादीले राखेको शर्त वा कबुलियतबाट निजले निभाउनु पर्ने दायित्व निभाउन नपर्ने भन्न नमिल्ने । § विवादित शर्तनामा कागज सद्दे साँचो ठहरिएको अवस्थामा रुपैंया फिर्ता गर्ने सम्वन्धमा प्रतिवादीले गरेको कबुल निजले पालना गर्नुपर्ने दायित्व निवेदकको हुने कुरामा विवाद नहुँदा वादीले दावी गरेको मध्ये रु.१,५०,०००/– प्रतिवादीबाट वादीले भरी पाउदैन भन्न मिल्ने अवस्था नहुने । (प्र.नं. १७ र १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4349 |
|---|---|
| मुद्दाको विषय | करार वमोजिम गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2061/03/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 4349 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
