नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4331 · वि.सं. २०४८
नि.नं. 4331 — जग्गा खिचोला हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादीको आलाचो दर्ताको जग्गा कहाँनेर छ भनी देखाउने दायित्व प्रतिवादीको छ भन्ने हो भने प्रतिवादीको दर्ताको लंदाडोल भन्ने कित्ता विवादित भन्दा अन्त छ भनी देखाउने दायित्व वादीको हुँदैन भन्न अतार्किक हुन जाने । (प्रकरण नं. १९) (२) विवादित जग्गालाई वादीले आफ्नो दर्ताको आलाचो जग्गा हो भनी प्रमाणित हुने सबूद पेश गर्दैन तबसम्म सर्भेमा विधिवत नापी दर्ता गराई प्रमाण पुर्जा लिई (साविक पेज नं. ३८२) सकेको प्रतिवादीको दर्ता बदर गरी वादीको कायम गर्नु न्यायसंगत नहुने । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4331 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला हक कायम |
| निर्णय वर्ष / मिति | 2048/07/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4331 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
