नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4316 · वि.सं. २०४८
नि.नं. 4316 — बेरीतसंग थुनी कागज गरायो
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रहरी थानामा बेरीतसंग थुनिएको भन्ने आधिकारिक सबूद वादीले पेश दाखिल गर्न नसकेको, केवल वादीको अभिकथनकै भरमा प्रतिवादीहरुले वादीलाई बेरीतपूर्वक थुनी करकापसंग कागज गराएको भन्न सबूद प्रमाणको अभावमा नमिल्ने । (प्रकरण नं. १८) (२) बेरीतपूर्वक प्रहरी थानामा थुनी, थुनाबाट मुक्त हुनु पूर्व कागज गराएको भन्ने वादी दावी प्रमाणित रुपबाट पुष्टि हुन नसकेको, करकापसंग गराएको भनिएको कागजमा वादीका बाबु र काका साक्षी बसेको समेतबाट वादी दावी सारगर्भित र कानुनसंगत देखिन नआउँदा वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4316 |
|---|---|
| मुद्दाको विषय | बेरीतसंग थुनी कागज गरायो |
| निर्णय वर्ष / मिति | 2048/07/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4316 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
