नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4314 · वि.सं. २०४८
नि.नं. 4314 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मोहियानी हक एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने वा नसर्ने भन्ने कुरा प्रमाणको मूल्याड्ढन गरी तोकिएको अधिकारी स्वयंले कानुन बमोजिमको प्रकृया पूरा गरी निर्णय गर्नु पर्नेमा जग्गाधनीलाई बुझ्दै नबुझी फाँटवालाले मुद्दाको संक्षिप्त तथ्य उद्धृत गरी उचित निर्णयको लागि पेश गरेको टिप्पणीमा कुनै राय नै व्यक्त नगरी प्रशासकीय टिप्पणीमा टिप्पणी उठाउनेले व्यक्त गरेको राय सरहको सम्झी सदर मात्र लेखी निर्णय गरेको अ.बं. १८५ र यस अदालतबाट प्रतिपादित सिद्धान्त समेत विपरीत निर्णय भएको देखिएकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ अब कानुन बमोजिम पुनः निर्णय गर्नु भनी विपक्षी भू.सु.का. को नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. १८) (२) निर्णयकर्ता भू.सु.अधिकारीले कस्तो टिप्पणी पेश गरेको हो हेर्दै नहेरी निर्णयको लागि पेश गरेको टिप्पणीमा कुनै राय ठहर नै नलेखी सदर गर्ने गरी निर्णय गरेको अर्धन्यायिक अधिकारीको कर्तव्य अनुरुप भएको नदेखिँदा आइन्दा यस्तो निर्णय गर्ने जस्तो कुरामा होस पुर्याएर मात्र कार्य गर्ने भन्ने “न्यायिक टिप्पणी” गर्ने समेत ठहर्छ, यस टिप्पणीको जानकारी सम्बन्धित कार्यालयमा लेखी पठाउने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4314 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2048/06/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4314 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
