नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4305 · वि.सं. २०४८
नि.नं. 4305 — लागू औषध हेरोइन बिक्री
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) एउटै अपराधमा संलग्न २ प्रतिवादीलाई भएको सजायँको बीचमा ठूलो अन्तर रहनु न्यायसंगत नदेखिँदा प्रतिवादीलाई अपराधको मात्रा, प्रकृति र परिमाणको आधारमा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(ख) अन्तर्गत वादी दावी बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिँदा चार वर्ष कैद र रु. १०,०००।– दश हजार रुपैयाँ जरिवाना हुने । (प्रकरण नं. २३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4305 |
|---|---|
| मुद्दाको विषय | लागू औषध हेरोइन बिक्री |
| निर्णय वर्ष / मिति | 2048/05/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4305 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
