नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4302 · वि.सं. २०४८

नि.नं. 4302 — खिचोला पर्चा बदर गुठी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) इन्द्रायणी गुठीबाट भूबहाल तिर्ने गरी जग्गा पाउने व्यक्तिहरुले आफूले पाएको जग्गामा घरबास समेत गरी भोग चलन गरी आएको आधारमा विवादित जग्गा पनि इन्द्रायणी गुठीकै हो भनी कुनै सबूद प्रमाण बेगर भन्न नमिल्ने । (प्रकरण नं. १४) (२) श्री ५ महाराजाधिराजका हजूरमा चढाएको भनिएको बिन्तिपत्र अदालतबाट सनाखत गरिएको वा ती निवेदकहरुले अदालतमा साक्षीको रुपमा उपस्थित भई उक्त (साविक पेज नं. २५०) बिन्तिपत्रमा उल्लेखित व्यहोरालाई समर्थन गरी बकपत्र गरेको समेत नदेखिनाले प्रमाण ऐन, २०३१ अनुसार उक्त बिन्तिपत्र प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं. १४) (३) प्रमाण सम्बन्धी कानुन र सामान्य सिद्धान्त अनुसार आफ्नो दावी प्रमाणित गर्ने अभिभारा वादी उपर नै रहने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4302
मुद्दाको विषयखिचोला पर्चा बदर गुठी
निर्णय वर्ष / मिति2048/06/15
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय । | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय भई मतैक्य हुन नसकी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको रहेछ । | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय सदर हुनु पर्ने भन्ने र विपक्षी वादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले विवादित जग्गा साविकमा पोता लगतमा दर्ता भएको र पछि रैकरमा परिणत भएको हो । नापी हुँदाको बखत विवादित जग्गालाई कसैले पनि सार्वजनिक भनेको छैन । ४२ जना (साविक पेज नं. २५३) धोवीहरुले यो जग्गा सार्वजनिक होइन भनी श्री ५ समक्ष यो मुद्दा पर्नु भन्दा अगावै निवेदन पनि दिएका छन् । विवादित जग्गाको केही खण्डमा इन्द्रायणी गुठीबाट भोग गर्न पाई भूवहाल तिर्ने गरी केही व्यक्तिहरुले घर बनाई भोग चलन गरी आएका हुन् । नापी गोश्वाराको मिति २०३७।७।२६ गतेको निर्णय उपर दिएको रिटनिवेदनका सम्बन्धमा नापी गोश्वाराको सूचना बमोजिम फिराद गर्न जानु पर्नेमा सो बमोजिम नगरेको भन्ने आधारमा रिटनिवेदनपत्र खारेज भएको हो सो रिटनिवेदनबाट मुद्दाको तथ्यमा प्रवेश गरी हक बेहकमा निर्णय भएको होइन । यसर्थ विवादित जग्गा वादी दावी बमोजिम नापीको निर्णय बदर गरी गुठीकै कायम हुने ठह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय सदर हुनु पर्ने भनी बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4302
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्