नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4301 · वि.सं. २०४८

नि.नं. 4301 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कैदबाट भाग्दाको अवस्थामा भोग्न बाँकी कैद सजायँ १२ वर्ष ५ महीना र २२ दिन रहेकोले निजलाई थुनुवा भाग्यो भन्ने मुद्दामा जिल्ला अदालतको फैसला बमोजिम पुनः थुनामा परेको मितिदेखि १७ वर्ष ५ महीना २२ दिन कैद सजायँ भएको कारागार ऐन, २०१९ को दफा २४ को उपदफा (२) (५) र (६) को प्रतिकूल देखिन्न । सो कैद अवधि उपदफा (५) र (६) ले निर्धारित गरेको अधिकतम अवधि भन्दा बढी नभएकोले कानुन विपरीत भन्न नमिल्ने । (प्रकरण नं. ९) (२) कैदीहरुमा एउटा अपराधिक मानसिकता विकसित हुन सक्ने गरी कानुनको व्याख्या गर्नु तर्कसंगत नहुने । (प्रकरण नं. ९) (३) कारागारबाट कैदी भागेमा र भगाएमा हुने सजायँको व्यवस्था गर्ने विशेष कानुन कारागार ऐन, २०१९ नै भएकोले कारागारबाट भाग्ने कैदीलाई सो बमोजिम कैद ठेकिएकोमा त्यसलाई कानुन विपरीत भन्न नमिल्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4301
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2048/06/15
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4301
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्