नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4291 · वि.सं. २०४८

नि.नं. 4291 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ज्यानसम्बन्धी महलको १४ नं. अनुसार मार्नु पर्ने सम्मको रिसइवी, मनसाय नभएको, जोखिमी हतियार प्रयोग नभएको, सामान्य मनस्थिति नभई मानसिक उद्धिग्नता उद्वेगद्वारा अकस्मात उत्तेजित हुन आई रिसको झोंकमा आफूसंग भएका वा वरपर रहेका वस्तुले हान्दा मरेको हुनु पर्ने । (प्रकरण नं. १८) (२) रिसका आवेशमा तत्काल आई केही सामान्य लात, मुक्का वा यस्तै अन्य वस्तुले हानी मृतकको मृत्यु भएको नभई प्रतिवादीले मार्ने साधन बरियो खोजी ल्याई डोरीले घाँटी कसी मृत्यु गराएको देखिएकोले शुरु अञ्चल र क्षे.अ.ले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं. लगाई सजायँ गरेको मिलेन । (प्रकरण नं. १८) (३) मार्ने र मर्नेको सम्बन्ध लोग्ने स्वास्नीको देखिएको र अपराधको अवस्था विचार गर्दा प्रतिवादीको कलिलो उमेर भएकोले परिपक्वता आई नसकेको हुँदा १७ दिन अघिमात्र सौता ल्याएको कारणबाट मर्नेले आफ्नो लोग्नेलाई केही कुरा भनेकोबाट क्रोधित भई अपराध गरेको अवस्था देखिएबाट कानुनमा तोकिए बमोजिमको हदैसम्मको सजायँ गर्दा चर्को हुन जाने देखिएकोले अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजायँ हुने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4291
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2048/05/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4291
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्