नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4287 · वि.सं. २०४८

नि.नं. 4287 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) शंकाले प्रमाणको रुप लिन सक्तैन शंका शंकै हो र शंकाको भरमा यही हो भनी निष्कर्षमा पुग्न न्यायसंगत नदेखिने । (प्रकरण नं. २४) (२) “अन्दाजबाट” भन्ने रायलाई निश्चित राय भन्न नमिल्ने । (प्रकरण नं. २६) (३) विशेषज्ञको राय निश्चित एवं कारणमा आधारित हुनुपर्दछ अन्यथा त्यस्तो रायले कुनै महत्व राख्दैन । (प्रकरण नं. २६) (४) अन्दाज गरिएको कुरा प्रमाणित हुन सक्तैन, बुझिएकाको भनाई समेत अन्दाज र शंकामा आधारित भएकोले यिनीहरुको लेखाई बकाई प्रमाणित मान्न नसक्ने । (प्रकरण नं. २७) (५) परिस्थितिजन्य प्रमाणको आधारमा ठहर गर्ने आधार बिन्दू र सम्बद्ध तथ्यको कडी एक आपसमा एकबद्ध रुपले आबद्ध एवं गाँसिएको हुनुपर्दछ सो गाँसिएको मालाकार कडीमा कुनै छुट हुनु हुँदैन, एउटा तथ्य अर्को तथ्यसंग अन्योन्याश्रित हुनु अपरिहार्यता छ । (प्रकरण नं. २९) (६) अनुमान एवं शंकाको लेखाई–बकाई र विशेषज्ञको अन्दाजमा लेखिएको रायलाई निश्चित राय मानी शंका र अनुमानका आधारमा कसूर ठहराउन मिल्दैन । शड्ढा र अन्दाजका कुरा व्यक्तिगतगत विचारका कुरा हुन । यस्तो शड्ढा र अन्दाजले ठोस प्रमाणको रुप लिन सक्तैन । (प्रकरण नं. ३०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4287
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2048/01/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4287
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्