नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4286 · वि.सं. २०४८

नि.नं. 4286 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साहु आसामी भई कर्जा लिएको शुरु (साविक पेज नं. १८१) लिखत कम्पनीको खर्च चलाउन र व्यापार गर्न भनी लिएको देखिन्छ त्यस्तो कम्पनीको खर्च चलाउन र व्यापार गर्नको लागि भनी लिएको कर्जा सम्बन्धी तमसुक लिखत लेनदेन व्यवहारको २ नं. अन्तर्गत पर्दैन भन्न नमिल्ने । (प्रकरण नं. १४) (२) लेनदेन व्यवहारको २ नं. अन्तर्गत नपर्ने व्यापारिक कारोबारको लिखतको हकमा मात्र सोही लेनदेन व्यवहारको ४० नं. को म्याद २ वर्ष भित्र नालेश दिनु पर्ने । (प्रकरण नं. १४) (३) धनजमानीको सम्बन्ध यिनै प्रतिवादी नेर्टिम आर्टस ट्रेडिङले कर्जा लिएको विषयसंग सम्बन्धित देखिएको र उक्त धनजमानीको लिखतबाट पार्टीले नबुझाई असूल उपर नभए मेरो घर घरानाबाट असूल गर्नु भन्ने भएकोले रकम असूल गर्ने सम्बन्धित विषय अलग्गै देखिई एक अर्कासंग जोडिएको एकै विषय देखिने । (प्रकरण नं. १६) (४) कर्जा चुक्ता गर्नु अगावै व्याजको दर थपघट भएमा सो थपघट भएको दरले ब्याज तिर्छु भनी प्रतिवादीहरुले मञ्जूर गरी कर्जा लिई लिखत गरेकोले १६।५० को दरले ब्याज भराएको मिलेको छैन भन्न मिल्ने समेत नदेखिने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4286
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2048/02/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4286
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्