नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4285 · वि.सं. २०४८
नि.नं. 4285 — हक कायम निर्णय दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफ्नो जग्गामा रहेको स्वकीय स्वामित्वलाई समाप्त गर्ने हेतुले हकदैया नै नभएको व्यक्तिले जालसाजी पूर्वक रसिद खडा गरी चुनौति दिई आफ्नो स्वामित्व स्थापित गर्ने प्रयत्न गर्दछ भने त्यस्तो जग्गामा पूर्व स्वामित्व भएको व्यक्ति त्यसै निस्कृय बस्नु हुँदैन । आफूलाई प्रतिकूल असर पर्ने भए कानुन बमोजिम सो बदर गराउनेतर्फ प्रयास गर्नु पर्ने । (प्रकरण नं. १३) (२) अदालतले विवादको जग्गाको सम्बन्धमा पेश भएको रसिदहरुलाई जालसाज होइन भनी बोलेपछि त्यसमा चित्त नबुझ्ने पक्षले पुनरावेदनको माध्यमद्वारा माथिल्ला अदालतको ढोका घच्घच्याउन जानु पर्ने । (प्रकरण नं. १३) (३) तत्कालिन मुलुकी ऐनको साहू असामीको महलको दफा ३४ नं. मा भोगबन्धकीको (साविक पेज नं. १७७) लिखित कागज दोहोरो हुनु पर्ने । (प्रकरण नं. १३) (४) वादीको नामबाटै विवादको जग्गाको तिरो तिरान भई भोग वादीबाटै भएको देखिन्छ भने त्यस्तो जग्गामा प्रतिवादीको हक कायम छ भन्न नमिल्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4285 |
|---|---|
| मुद्दाको विषय | हक कायम निर्णय दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2048/03/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4285 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
