नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4280 · वि.सं. २०४८
नि.नं. 4280 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भन्सार कार्यालयबाट मुद्दाको फैसला भई निवेदक कसूरदार ठहरेको र सो फैसलाबाट निजलाई भएको सजायँको कार्यान्वयनको सिलसिलामा निज कैदमा परेकोले सो फैसला कायम रहे सम्म निजको थुनालाई गैरकानुनी भन्न नमिल्ने । (प्रकरण नं. ७) (२) पुनरावेदन सुन्ने निकायले मुद्दाका विवादास्पद तथ्यहरु र सम्बद्ध प्रमाणहरुको समेत छानवीन र विश्लेषण गरी निवेदकलाई आपराधिक दायित्वबाट पूर्णतः मुक्त गरी सफाई पनि दिन सक्ने हुनाले निवेदकले रोजेको पुनरावेदनको उपचार त्यस अर्थमा निजले यस अदालतबाट प्राप्त गर्न सक्ने (साविक पेज नं. १५४) असाधारण उपचार भन्दा पनि बढी प्रभावकारी र सार्थक हुन सक्तछ । (प्रकरण नं. ७) (३) प्रचलित नेपाल कानुनद्वारा व्यवस्थित सामान्य न्यायिक प्रक्रियालाई विल्कुलै वेवास्ता गरी कानुन बमोजिम अधिकार प्राप्त न्यायिक वा अर्धन्यायिक निकायको कारवाही वा निर्णयमा यस अदालतले आफ्नो असाधारण अधिकार क्षेत्रको रोहबाट हस्तक्षेप गर्न उचित नहुने । (प्रकरण नं. ७) (४) यस अदालतको असाधारण अधिकार क्षेत्रको उद्देश्य वा प्रयोजन मातहतका अदालत वा अन्य न्यायिक निकायहरुको अधिकार क्षेत्रको ठाउँ लिने वा प्रतिस्थापन गर्ने होइन आफ्नो अधिकार क्षेत्र अन्तर्गतको विषयवस्तु वा विवादको निर्णय गर्ने अधिकार प्रत्येक न्यायिक निकाय वा अधिकारीलाई हुने । (प्रकरण नं. ७) (५) निर्णय त्रुटिपूर्ण भयो भन्दैमा कानुनद्वारा व्यवस्थित पुनरावेदनको प्रक्रिया नै निरर्थक तुल्याउने गरी असाधारण अधिकार क्षेत्रको रोहबाट यस अदालतले त्यो निर्णयमा हस्तक्षेप गर्न वा पुनरावेदन सुन्ने अधिकारीलाई उसको कानुन प्रदत्त अधिकार प्रयोग गर्न नदिएर सोझै यस अदालतले हस्तक्षेप गर्नु उचित वा तर्कसंगत नहुने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4280 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2048/05/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4280 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
