नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4278 · वि.सं. २०४८

नि.नं. 4278 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) उद्योग साबुन पाउडर वा साबुन झोल बनाउने उद्योग नभई लुगाधुने ठोस साबुन बनाउने उद्योग भन्ने देखिँदा प्रस्तुत उद्योगलाई बिक्रीकर लगाएको भन्ने देखिन आउँदैन, तसर्थ निवेदकको प्रस्तुत उद्योगको लागि आयातित कच्चा पदार्थमा औद्योगिक व्यवसाय ऐन बमोजिम बिक्रीकर छूट सुविधा पाउन सक्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4278
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2048/03/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय । | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय भई पेश हुन आएको रहेछ । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ । बढी लिएको भन्सार महसूल फिर्ता दिने सम्बन्धमा संयुक्तइजलासको दुवै माननीय न्यायाधीशहरुको राय ठहर मिलेकै देखिँदा सो बमोजिम भन्सार महसूल निवेदकले फिर्ता पाउने नै र बिक्रीकर नलाग्ने सम्बन्धमा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहरेकोले प्रस्तुत उद्योगले मिति ०४४।५।२६ मा दाखिल गरेको बिक्रीकरको रकम फिर्ता दिनु भनी प्रत्यर्थी विराटनगर भन्सार कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । प्रत्यर्थी कार्यालयको जानकारीको लागि आदेशको एक प्रति नक्कल महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फायल नियमानुसार गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4278
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्