नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4275 · वि.सं. २०४८
नि.नं. 4275 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मोहीले जग्गाधनीलाई कानुनले निर्दिष्ट गरेको म्यादभित्र कूतबाली नबुझाएको कूतबाली बुझाएको छु भन्ने जिकिरसम्म लिन नसकेको, जग्गाधनी आफूले म्याद भित्र प्राप्त गर्नुपर्ने कूतबाली प्राप्त गर्न सदैव न्यायिक निकायको शरणमा गइरहन पर्ने स्थिति विद्यमान रहे भएको देखिन आउँदा २०४५ सालको कूतबाली जग्गाधनीलाई निवेदक मोहीबाट भराई मोहीहरुबाट समेत निष्काशन हुने ठहराएको भूमिसुधार कार्यालयको निर्णयलाई सदर गरेको अञ्चल अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा अनुमति दिन नमिल्ने भनी गरेको क्षेत्रीय अदालतको (साविक पेज नं. १३५) आदेश कानुनसंगत नै देखिँदा यसबाट निवेदकको मौलिक हकमा आघात परेको नदेखिने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4275 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2048/01/17 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4275 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
