नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4269 · वि.सं. २०४८
नि.नं. 4269 — ज्यान मार्ने उद्योग
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) ततिम्बा बयान गराउन नमिल्ने गरी कुनै ऐन नियमले बन्देज लगाएको देखिँदैन, अ.बं. १३३ नं. मा सोध्नु परेको मनासिब माफिकको कुरा जहिलेसुकै सोधी कागज गराउन सक्ने गरी व्यवस्था भएको पाइन्छ । सो कानुनी व्यवस्थाबाट सोध्नु परेको कुरा (साविक पेज नं. १००) खुलाई ततिम्बा बयान गराउन मिल्ने । (प्रकरण नं. ४३) (२) छुट्टै साक्षीको रुपमा आएको नभई अभियोग लागी आएको र ती अभियोग लागेका सहअभियुक्तहरु स्वयं आफूले गरेको कसूर समेतलाई स्वीकारी पोल गरेको स्थितिमा निजहरुको पोलाइलाई आधार लिन मिल्ने । (प्रकरण नं. ४४) (३) श्री ५ को सरकार वादी मुद्दा, शुरु अदालतबाट फैसला भई सो फैसला उपर प्रतिवादीहरुले पुनरावेदन गरी तारीख गुजारी सकेपछि सो पुनरावेदनमा कारवाही गर्नुपर्ने हुँदैन, त्यस्तो पुनरावेदन डिसमिस गर्न नहुने कुनै कानुनले बन्देज लगाएको पनि नपाइने । (प्रकरण नं. ४५) (४) ज्यान मार्ने वा मार्नलाई बचन दिएको वा मार्न लगाएकोमा सो बमोजिमको कार्य पूर्ण भए पनि मानिस नमरेको अर्थात उनीहरुले सोचेको परिणाम ननिस्केको अवस्थामा ज्यान मार्ने उद्योगको अपराध कायम गरी सजायँ गर्ने व्यवस्था १५ नं. मा भएको पाइने । (प्रकरण नं. ४६) (५) १५ नं. ले स्पष्ट रुपमा ज्यान मार्ने उद्योग र १६ नं. ले षडयन्त्रको कसूरमा सजायँ गर्ने भिन्दा भिन्दै व्यवस्था गरेको देखिन्छ । उक्त व्यवस्थाबाट एउटै कसूरमा उक्त दुवै व्यवस्था एकैसाथ आकर्षित हुने नदेखिने । (प्रकरण नं. ४६) (६) १५ नं. को व्यवस्था आकर्षित भई सो बमोजिम सजायँ भएको हुँदा १६ नं. बमोजिम पनि सजायँ हुनु पर्ने भन्ने वादी श्री ५ को सरकारको पुनरावदेन जिकिर नमिल्ने । (प्रकरण नं. ४६) (७) पुनरावेदन सुन्ने अधिकारीलाई कसूरको मात्रा अनुसार त्यस्तो सजायँमा थप घट गर्न पाउने तजबिजी अधिकार भएको सजायँ घटाएको मिलेन भन्ने पुनरावेदन जिकिर पुग्ने अवस्था नरहने । (प्रकरण नं. ४६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4269 |
|---|---|
| मुद्दाको विषय | ज्यान मार्ने उद्योग |
| निर्णय वर्ष / मिति | 2048/02/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4269 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
