नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4261 · वि.सं. २०४८
नि.नं. 4261 — जिउ मास्ने बेच्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बिक्री गर्ने उद्देश्यले ललाई फकाई नेपाल सरहद बाहिर भारतको बम्बैमा लगी बिक्री गरिसकेको कुरा प्रमाणित हुन आएकोले पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर कानुनसंगत देखिन आएन । अतः पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन जीउ मास्ने बेच्नेको महलको १ नं. बमोजिम कैद वर्ष (२०) बीसको सजायँ गर्ने गरेको इन्साफ न्यायसंगत नै देखिँदा इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4261 |
|---|---|
| मुद्दाको विषय | जिउ मास्ने बेच्ने |
| निर्णय वर्ष / मिति | 2048/03/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4261 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
