नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4255 · वि.सं. २०४८

नि.नं. 4255 — फैसला दर्ता बदर दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) क्षेत्रीय अदालतले दोश्रो तहको पुनरावेदन हेरी फैसला गरे उपर पुनरावेदनको अनुमति पाउँ भनी सर्वोच्च अदालतमा निवेदन लाग्ने न्यायप्रशासन सुधार ऐन, २०३१ (संशोधन सहित) को दफा १३ को उपदफा (५) र (७) मा व्यवस्था भएको नदेखिँदा त्यस्तो लाग्नै नसक्ने पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनको आधारमा पुनरावेदनको अनुमति प्रदान गरी सो पुनरावेदनबाट तथ्यमा प्रवेश गरी सर्वोच्च अदालत संयुक्तइजलासका माननीय न्यायाधीशहरुले गर्नु भएको राय फैसला मिलेको नदेखिने । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4255
मुद्दाको विषयफैसला दर्ता बदर दर्ता
निर्णय वर्ष / मिति2048/03/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय । | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो । विपक्षी वादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले प्रस्तुत मुद्दा पूर्वाञ्चल क्षेत्रीय अदालतले दोश्रो तहको पुनरावेदन हेरी निर्णय गरे उपर सर्वोच्च अदालतमा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन न्यायप्रशासन सुधार ऐनले लाग्न सक्दैन । त्यस्तो निवेदनको आधारमा पुनरावेदनको अनुमति प्रदान गरी मुद्दाको तथ्यमा प्रवेश गरी सर्वोच्च अदालत संयुक्तइजलासबाट भएको (साविक पेज नं. ५१) फैसला मिलेको छैन । सो पुनरावेदन समेत खारेज हुनुपर्छ भन्दै इन्साफ हुने भए पनि मर्नेको कोकन र यी वादी एकै बाबुबाट जन्मेको दाजु बहिनी हुन् । दाजु मरेपछि पनि मर्ने भाउजू खेदनीलाई समेत यी वादीले स्याहार सम्हार गरी पालेकीले पाल्ने दिदी बहिनीले त्यस्तो सम्पत्तिको अपुताली पाउने हुँदा अपुताली पाउने ठहराएको मा.न्या.श्री गजेन्द्रकेशरी बास्तोलाको राय सदर हुनुपर्दछ भनी वैकल्पिक बहस समेत गर्नुभयो ।
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4255
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्