नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4254 · वि.सं. २०४८
नि.नं. 4254 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) देवता गुठी निजी प्रकृतिको गुठी देखिएको त्यस प्रकारको गुठीको सम्बन्धमा भएको कुनै पनि विषयको काम कारवाही बारेमा सूचना माग्ने हक तब सिर्जना हुन्छ, जब त्यहाँ धर्मलोपको स्थिति सिर्जना भएको हुन्छ, यो अवस्था निवेदनमा उल्लेख नभएकोबाट निवेदकको सुसूचित हुने हकमा आघात पर्न गएको भन्न मान्न सारगर्भित नहुने । (प्रकरण नं. ९) (२) निवेदक श्री ५ को वायु देवता गुठीको गुठियार देखिन नआएको, गुठियारबाट के कस्तो व्यहोरा बिन्तिपत्रमा हु.प्र.गराउन चाहेको कुरा निवेदनमा उल्लेखसम्म गर्न नसकेको, गुठियारबाट प्रस्तुत रिटनिवेदन दायर हुन नआएकोले, निवेदकको जिकिर संविधान र कानुनसम्मत देखिन आएन किनकी मौलिक हक हनन् भएको कुरा प्रतिस्थापित गर्न गराउन सक्नु पर्दछ साथै सो कुरा प्रमाणिक रुपबाट देखिनु पनि पर्दछ, अन्यथा सो उपचारको माग गर्नु निरर्थक हुने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4254 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2047/12/18 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4254 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
