नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4253 · वि.सं. २०४८

नि.नं. 4253 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अंश मुद्दा चल्दा चल्दैको अवस्थामा अंशियार देखिएको तर कानुन बमोजिमको बण्डापत्र भई नसकेकोमा कुनै अंशियारको मृत्यु भएमा, त्यस्ता अंशियारको अंश हक खाने अन्य अंशियार नभए नरहेको अवस्था विद्यमान रहे भएका सो मर्ने अंशियारको अंश हक समेतमा अन्य अंशियार बीच बण्डा हुन नसक्ने भन्न मिल्ने देखिँदैन । (प्रकरण नं. ७) (२) संविधानद्वारा प्रदत्त मौलिक हक उपर अनुचित बन्देज लाग्न सक्दैन, हुँदैन, (साविक पेज नं. ३९) संवैधानिक वा कानुनी हकको प्रचलनको लागि र सो प्रश्नको निरुपणको लागि संविधानको धारा २३–८८ अनुसार पर्न आएको कुनै पनि निवेदनमा संवैधानिक हकको हनन् भएको वा कानुनी हकको प्रचलन नभएको नगरिएको अवस्था विद्यमान हुनु जरुरी हुन्छ सो कुरा स्पष्ट कानुनी रुपमा देखिन नआएको खण्डमा संविधानको धारा ८८ बमोजिमको उपचारको माग गर्नु निरर्थक हुन जाने । (प्रकरण नं. ७) (३) प्रस्तुत विषय (मुद्दा) मा निवेदकहरुको बीचमा चलेको अंश मुद्दामा अदालतबाट भएको निर्णयमा कुनै कानुनी त्रुटि देखिन नआएको, कानुन बमोजिम नै भएको निर्णयबाट निवेदकको कानुनी र संवैधानिक हक हनन् भएको भन्न मान्न नमिल्ने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4253
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2947/12/18
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4253
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्