नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4198 · वि.सं. २०४७
नि.नं. 4198 — बाली भराई जग्गाबाट निष्काशन गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तजबिजी अधिकार प्रयोग गरी मोही निष्काशन नहुने ठहर गर्दा पनि के कति कारणले मोही निष्काशन नहुने हो सो को कारण उल्लेख हुनुपर्ने र त्यस्तो कारण समेत उचित हुनुपर्ने । इच्छा लागे निष्काशन गर्ने र इच्छा नलागे निष्काशन नगर्ने भनी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १२) (२) बाली नबुझाएको कुरालाई स्वीकारै गरी प्रतिवादीले भूमिसुधार कार्यालयको निर्णयलाई मन्जूर गरी बसेको समेतबाट बाली नबुझाएकोमा विवाद नदेखिँदा विवादित जग्गाबाट वादी दावी बमोजिम मोही निष्काशन हुने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4198 |
|---|---|
| मुद्दाको विषय | बाली भराई जग्गाबाट निष्काशन गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2047/08/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4198 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
