नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4195 · वि.सं. २०४७
नि.नं. 4195 — उत्प्रेषण, परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कुनै पद आवश्यक नभएको भनी निर्णय भएको छ भने सो कारण उचित र मनासिब हुनुको साथै सो कारण तथ्यमा आधारित हुनुपर्छ, तथ्यरहित कारणको कुनै औचित्य नहुने । (प्रकरण नं. १०) (२) कुनै कर्मचारीको नोकरीको विषयमा निर्णय गर्दा असल नियतले सदासयपूर्वक गरिनु पर्ने । (प्रकरण नं. १०) (३) विसंगतिको अवस्थामा मितव्ययिताको जुन कारण देखाई निवेदकको पदलाई खारेज गरेको छ सो पदको खारेजीको कुनै औचित्यपूर्ण आधार नभई अनुचित देखिन आएकोले पद खारेज गर्ने भएको निर्णयलाई सदासयपूर्ण भन्न नमिल्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4195 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण, परमादेश |
| निर्णय वर्ष / मिति | 2047/08/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4195 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
