नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4192 · वि.सं. २०४७
नि.नं. 4192 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बढुवाको सिफारिश उपरको उजूर सुन्ने अधिकारीले बढुवाको सिफारिश ठीक छ छैन भनी हेर्न जाँच्न सक्ने । (प्रकरण नं. ११) (२) पुष्ट्याई बेगरको अत्यूत्तमले कानुनी मान्यता नपाउने हुँदा त्यस्तो अत्यूत्तमले उक्त अत्यूत्तमको अड्ढ प्राप्त गर्ने हक अधिकारको सृजना गर्न सक्दैन, बढुवा सिफारिश उपर उजूर सुन्ने अधिकारीले कार्यसम्पादन सम्बन्धी मूल्यांकन कानुन बमोजिम नभएकोमा कानुन बमोजिम जे जस्तो हुन आउँछ मिलाई सो अनुसार नामावली संशोधन गर्न नसक्ने बन्देज निजामती सेवा नियमवाली, २०२१ ले गरेको नपाइने । (प्रकरण नं. ११) (३) कुनै कारवाही निर्णय कानुन बमोजिम भए नभएको हेर्ने अधिकार उजूर सुन्ने अधिकारीलाई सदैव हुने । (प्रकरण नं. ११) (४) उजूर सुन्ने अधिकारीको शास्वत अधिकार ९क्ष्लजभचभलत एयधभच० लाई त्यसै कुण्ठित तुल्याउन नमिल्ने । (प्रकरण नं. ११) (५) मूल्यांकन एवं सुपरीक्षण गर्ने अधिकारीले कानुन बमोजिम अतिउत्तमको पुष्ट्याई गर्नु पर्नेमा सो गरेको छैन भने त्यस्तोमा निज अधिकारीले अत्यूत्तम पछि हुन आउने उत्तम नै दिएको मान्नु पर्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4192 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2048/08/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४७।१।४।३ को आदेश । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोलको राय मनासिब ठहर्छ । फाइल नियमानुसार बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4192 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
