नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4191 · वि.सं. २०४७

नि.नं. 4191 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मानिसको स्खलित वीर्य गुप्ताड्डमा देखिए पनि प्रमाणित नभएको अवस्थामा उक्त स्खलित वीर्य प्रतिवादीहरु कै हो भनी यकीन ठहर गर्न न्यायोचित नदेखिने । (प्रकरण नं. २७) (२) जबरजस्ती करणीको उद्योग भएको भन्नेतर्फ स्वयं जाहेरवालीको कथन छैन, जबरजस्ती करणीको उद्योगको वारदात भएको तर्फको कुनै सबूद प्रमाण मिसिलमा देखिन्न, वारदात भएको भनिएको होटलमा रहेका अन्य व्यक्ति समेतले जबरजस्ती करणीको उद्योगतर्फ कुनै कुरा लेखिदिएको देखिन्न, तसर्थ शंकारहित तवरबाट यी प्रतिवादीहरु उपर वादी दावी अनुसारको अभियोग प्रमाणित हुन नआएकोले जबरजस्ती करणीको उद्योग गरेको तर्फ समेत प्रमाणको अभाव देखिने र अनुमानको आधारमा दोषी ठहराउन नमिल्ने । (प्रकरण नं. २७) डि.वे.का. ०४२।११।५ को फैसला ने.का.प. भाग २७, अड्ढ ११ पृष्ठ ९९६ मा प्रकाशित भएको ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4191
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2047/04/30
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4191
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्