नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4186 · वि.सं. २०४७
नि.नं. 4186 — लागू औषध
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ३ को खण्ड (ख) को (२) मा गाँजा भन्नाले चरेश समेत भन्ने जनाएकोमा ऐ.दफा ४(क) ले गाँजा खेती गर्न मनाही गरेको उक्त ऐनमा २०४३।७।२४ मा भएको संशोधनको ४(क) मा गाँजाको खेती उत्पादन र सेवन गर्नमा प्रतिबन्ध लगाई ऐ.को स्पष्टीकरणमा लागू औषध भन्नाले सो दफाको खण्ड (क) अन्तर्गतको कसूरमा मात्र गाँजा चरेशलाई समावेश गरेको देखिन्छ, प्रस्तुत मुद्दा गाँजा चरेश वसार पसार र बिक्री वितरण सम्बन्धी भएकोबाट सो ऐन अन्तर्गतको अपराध नदेखिने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4186 |
|---|---|
| मुद्दाको विषय | लागू औषध |
| निर्णय वर्ष / मिति | 2047/03/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4186 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
