नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4185 · वि.सं. २०४७

नि.नं. 4185 — बिगो असूल

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) संशोधित करारले ती सामानहरु माथि ठेकेदारको स्वामित्व समाप्त गरी सकेपछि स्वामित्व नै नभएको वस्तुलाई अवरोध खडा गरी लान दिएन भन्न नमिल्ने । (प्रकरण नं. १९) (२) दिइएको पत्रमा संशोधन भएको दुइवटा संशोधन मध्ये “साइट चेन्ज” गरेको एउटा संशोधनलाई मानी काम समेत शुरु गरेको र त्यसै पत्रको “भत्काइएका वस्तुहरु संस्थाको हुने” भन्ने अर्को संशोधन स्वीकार नगरेको भए सो संशोधन भएका मितिले हदम्याद भित्र संशोधन बदर गराई सक्नुपर्ने । (प्रकरण नं. २०) (३) त्यसै संशोधन पत्रका एक अंशलाई मान्ने तर धेरै वर्ष पछि गएर अर्को अंशलाई मान्दिन भन्न नसक्ने । (प्रकरण नं. २०) (४) सम्झौतामा भएको संशोधन ठेकेदारले स्वीकार नगरेजति बदर गराउन सक्नु पर्ने । (प्रकरण नं. २०) (५) सम्झौता विपरीत संशोधन भएको भए सो मौकामा नै करार ऐन, २०२३ को दफा १८(२) खण्ड (ग) बमोजिम नालेश गर्नु पर्ने कारण उपस्थित भएको मान्नु पर्ने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4185
मुद्दाको विषयबिगो असूल
निर्णय वर्ष / मिति2047/07/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4185
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्