नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4105 · वि.सं. २०४७
नि.नं. 4105 — धर्मलोप
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जसले धर्म संस्थान एवं गुठी शर्त बन्देज बमोजिम पूर्ण रुपले चलाउन पाएको छैन भने त्यस्तो व्यक्तिले बन्देज पत्र विपरीत धर्मलोप गर्यो भन्ने कुरा न्यायसंगत नदेखिने । (प्रकरण नं. १५) (२) आफ्नो संयोजकत्व संचालन गर्न पाएजति सम्पत्तिबाट धर्म संस्थानको बन्देजपत्र अनुसार दैनिक कार्य समेतको संचालन भई नै रहेको कुरा साक्षीबाट समेत पुष्ट्याई भएको र धर्म संस्थानको बन्देज पत्र बमोजिम वार्षिक हिसाब रेकर्ड समेत ५ जना आफ्नो वर्गका मानिस राखी तैयार भई नै रहेको देखिँदा वादी दावी नपुग्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4105 |
|---|---|
| मुद्दाको विषय | धर्मलोप |
| निर्णय वर्ष / मिति | 2047/02/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4105 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
