नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4104 · वि.सं. २०४७
नि.नं. 4104 — अपहेलना
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) न्यायाधीश अदालतकै अंग हो र सम्बन्धित अदालतमा भएको न्यायाधीशको हैसियतले निजले फैसला निर्णय गरेको हुन्छ, न्यायाधीशबाट भएको फैसला निर्णयको सन्दर्भमा चरित्रमा कलुषित भावना लिई आक्षेप लगाइन्छ भने सोबाट अदालतको मर्यादामा धक्का लाग्ने हुँदा अदालतको अवहेलना भएको हुने । (प्रकरण नं. १०) (२) अवहेलना मुद्दामा अदालतको हैसियतले न्यायाधीशले कारवाही चलाउन र निर्णय फैसला गर्न सक्ने हुँदा यो अवहेलनाको मुद्दाको दावी लाग्न सक्दैन भन्ने प्रतिवादी पुनरावेदकको जिकिर खम्बीर नदेखिने । (प्रकरण नं. १०) (३) दुई बेग्लै वारदात एवं अभियोगलाई लिएर दुई बेग्ला बेग्लै फैसला भएको अवस्थामा एउटै अपराध भन्न नमिल्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4104 |
|---|---|
| मुद्दाको विषय | अपहेलना |
| निर्णय वर्ष / मिति | 2047/02/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4104 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
