नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4090 · वि.सं. २०४७

नि.नं. 4090 — घर भत्काई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादी र प्रतिवादीहरुको विवादको कुरामा सो प्राप्त सबूद प्रमाणको मूल्यांकन गरी वादीको फिराद घर बनाउनेको ११ नं. को हदम्याद भित्रको नदेखिएको भनी खारेज हुने ठहर्‍याई फैसला भए उपर आफू कहाँ पुनरावेदन परी आएपछि शुरु र अञ्चल अदालतबाट भएको सबूदको मूल्यांकन ठीक छ छैन आवश्यक भए थप सबूद समेत आफैंले बुझी सो कुरामा ठहर गर्नु पर्नेमा सो घर कहिले बनेको हो वादी प्रतिवादीबाट खुलाई कानुन बमोजिम ठहर गर्नु भनी शुरु जि.अ. मा पठाउने गरेको मिलेको नदेखिएकोले म.क्षे.अ. को सो फैसला बदर हुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4090
मुद्दाको विषयघर भत्काई पाउँ
निर्णय वर्ष / मिति2047/01/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4090
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्