नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4022 · वि.सं. २०४६
नि.नं. 4022 — उत्प्रेषण लगायत परमादेशको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विज्ञापन प्रकाशित गर्न पाउने अधिकार महेन्द्र संस्कृत विश्वविद्यालय नियमावली, २०४४ को परिच्छेद ५ को उपनियम ५–२ ले कुलसचिवलाई रहेकोमा निवेदकहरु सहमत नै रहेको पाइन्छ । यस स्थितिमा, निवेदकहरु समेतले अनिवार्य रुपमा परिपालना गर्नु पर्ने, विश्वविद्यालयको नियमावली अनुकूल नै प्रकाशित विज्ञापनलाई अन्यथा भन्न मान्न नमिल्ने । (प्रकरण नं. १०) § प्रकाशित विज्ञापन बमोजिम आवेदन दिई लिखित परीक्षामा सम्मिलित समेत भई परीक्षामा असफल भएपछि मात्र सो विज्ञापनलाई चुनौती दिन, अन्यथा प्रमाणित गर्ने प्रयास गर्ने निवेदकहरु पूर्णतः बिवन्धित देखिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4022 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत परमादेशको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2046/12/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 4022 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
