नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4004 · वि.सं. २०४६

नि.नं. 4004 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ डाँका गरेकोमा तेस्रो पटक देखिएकोलाई जतिसुकै पटकको भए पनि १२ वर्ष कैद गर्नु पर्ने। (प्रकरण नं. ८) § कैदको सबभन्दा ठूलो हद ननाघ्ने गरी एकै वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी कैद ठेक्नु पर्ने । (प्रकरण नं. ८) § तेस्रो पटकसम्म डाँका गरेको ठहर भएको देखिँदा निजलाई ठूलो हदको कैद वर्ष १२ हुने तथा जरिवाना नतिरे बापतको कैद ठेक्न पर्दा ४ वर्ष कैद ठेक्न पर्ने भएबाट जम्मा कैद वर्ष १६ साथै म.क्षे.अ.बाट पुनरावेदन गरे बापत थप भएको कैद १ वर्ष ८ महीना १६ दिन समेत गर्दा जम्मा कैद वर्ष १७ वर्ष ८ महीना १६ दिन कैद लगत ठेकिनु पर्नेमा १९ वर्ष ८ महीना १६ दिन कैद ठेक्ने गरेको मिलेको नदेखिँदा कानुन बमोजिम कैद लगत सच्याउनु भनी विपक्षीको नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4004
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2046/09/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 4004
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्