नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3992 · वि.सं. २०४६
नि.नं. 3992 — अदालतको मानहानी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अदालतको अन्तिम निर्णयलाई मान्यता नदिई उल्लंघन गरेकोले अदालतको अबहेलना मानहानीमा कारवाई गरी पाउँ भनी परेको प्रस्तुत निवेदन स्वभावैले विशेष प्रकृति र अवस्थाको मुद्दा मानिइनु पर्ने कुरालाई नकार्न सकिन्न । यस्ता प्रकारका मुद्दाहरुको उठान अदालत प्रतिको जनविश्वास र यसको अविछिन्न निष्पक्ष न्याय सम्पादन र कार्यान्वयनसंग सम्बन्धित रही भएको हुनुपर्दछ । न्यायिक गतिशिलताका लागि यस्ता मुद्दाहरुको उठान अदालत स्वंयले पनि गर्न सक्ने हुँदा यस्ता प्रकृतिका मुद्दाहरु डिसमिस गर्न स्वभावैले नमिल्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3992 |
|---|---|
| मुद्दाको विषय | अदालतको मानहानी |
| निर्णय वर्ष / मिति | 2046/11/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3992 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
