नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3984 · वि.सं. २०४६

नि.नं. 3984 — लिखत दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अंश लिई छुट्टी भिन्न भएका हुन् वा होइनन् भन्ने कुराको निरोपण अंश मुद्दाबाट भइरहेको अवस्थामा अर्कै व्यक्तिसंग चलेको भिन्न मुद्दाको मिलापत्रमा उल्लेख भएको भिन्न भएको भन्ने शब्दको आधारमा अन्यथा अर्थ गर्न मिलेन, यसरी अंश मुद्दाको फैसला अन्तिम भइरहेको र उक्त फैसला बमोजिम सगोलका अंशियार हुन् भनी ठहर भइरहेको अवस्थामा अर्कै मुद्दाको मिलापत्रको व्यहोरामा छुट्टी भिन्न भइसकेको अंशियार भन्ने लेखिएकै आधारमा विबन्धन लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १३) § अंश मुद्दामा तायदाती लिई अंश पाउने गरी भएको फैसला समेतबाट निजहरु लिखत हुँदाका अवस्थामा सगोलमा रहे भएको र बिक्री गरेको सम्पत्तिमा वादीको आधा हक कायम रहेको देखिने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3984
मुद्दाको विषयलिखत दर्ता बदर
निर्णय वर्ष / मिति2046/11/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3984
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्