नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 392 · वि.सं. २०२५
नि.नं. 392 — निखनाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) थाहा पाएको कुरा एकिन गर्दा देख्न सक्ने अवस्थाको कुरो भए उसै बखत थाहा पाएको भन्नु पर्ने । मेरो फुपु भएको हुँदा वादीले मलाई घर किन्ने कुरा गरी दिएको हो भनी प्रतिवादी लेखबाट सम्बन्ध चिनाजानका प्रतिवादी अष्टमायाले घर राजीनामा गराई लिए पछि वादीले देख्न सक्ने कुरामा उसबखत थाहाको पाएको थिएन भन्ने विश्वास लिनु उचित हुँदैन । (प्रकरण नं. १३) (२) थाहा पाएको मितिबाट निखनाइ पाउँ भन्ने उजुरी ३५ दिन भित्र पर्नु पर्ने । म्याद पछिको उजुरबाट दावी लाग्न नसक्ने । थाहा पाएको मितिबाट उजुर गर्नें दिन ३५ दिनलाई कायम नगरी भाद्र ९ गतेको दिन कायम गरेकोले निखनाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । वादीले निखनी लिन पाउने ठहराएको शुरु का.दे.इ.अ. र का.जि.अ.को सदर गरी २२।८।१७।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन । (प्रकारण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 392 |
|---|---|
| मुद्दाको विषय | निखनाई पाउँ |
| निर्णय वर्ष / मिति | 2024/04/27 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 392 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
