नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3917 · वि.सं. २०४६

नि.नं. 3917 — उत्प्रेषण मिश्रित परमादेश समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एउटा इण्डष्ट्रिजको लागि राखिएको सुरक्षण सो इण्डष्ट्रिजको कर्जा चुक्ता भइसकेपछि अर्को इण्डष्ट्रिजको कर्जा बाँकी भएको नाताबाट सो फुकुवा नगरी रोक्का राख्न या त कुनै कानुनले अधिकार दिएको हुनुपर्छ या पक्ष विपक्षको बीचमा भएको मन्जूरी लिखतले अधिकार दिएको हुनुपर्ने । (प्रकरण नं. १०) § एउटा इण्डष्ट्रिजको लागि दिएको सुरक्षण सो को कर्जा भुक्तान भएपछि अर्को इण्डष्ट्रिजको लागि दिएको कर्जाको सम्बन्धमा रोक्न पाउने कानुनी अधिकार भएको नपाइने । (प्रकरण नं. १०) § सम्पत्ति फुकुवा नगरी रोक्का राख्नु र बाँकी नपुग रकममा घर घरानाबाट उक्त रकम असूल गर्ने बेग्ला बेग्लै कुरा एवं कार्यविधि हो । अतः बैंकले रोक्का राख्ने सम्बन्धमा दिएको सूचनापत्र समेतको सम्पूर्ण कारवाही त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3917
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश समेत
निर्णय वर्ष / मिति2046/08/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3917
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्