नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3907 · वि.सं. २०४६
नि.नं. 3907 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादी उपरको अभियोग प्रमाणित गर्ने भार वादीमा रहने । (प्रकरण नं. १८) § शंकाको भरमा मात्र दोषी ठहर्याउन न्यायको रोहबाट नमिल्ने । (प्रकरण नं. १८) § मृतक बच्चीको आँखा र कानमा रगत लागेको भन्ने हकमा भर्खरै जन्मेको बच्चीको शरीरमा प्रशवका समयमा आमाको योनीबाट निस्केको रगत लागेको हुनसक्ने सम्भावना पनि रहन्छ लाशको पोष्टमार्टम हुन नसकेको र उक्त रगत जाँच भएको पनि नदेखिँदा जिउँदो बच्ची नै मारेको र सो रगत पनि निज मृतक बच्चीलाई कुनै तरकिवले मार्दा निस्कन गएको हो भनी अनुमान गर्न र सोही अनुमानको भरमा मात्र प्रतिवादीलाई सजायँ गर्न न्यायोचित नहुने । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3907 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2046/06/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3907 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
