नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3904 · वि.सं. २०४६

नि.नं. 3904 — मोही निष्कासन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जग्गामा घर बनाएको भनेको मितिबाट एक वर्ष नाघेको ३५ दिनभित्र उजूर गर्नुपर्ने सो म्याद गुज्रेकोले थामी पाउँ भनी श्री ५ महाराजाधिराजका हजूरमा चढाएको बिन्तिपत्रमा थामी दिने गरी बक्स भएको हुकुम प्रमांगी अनुसार प्रस्तुत उजूरी दर्ता भएको देखिँदा हदम्याद नाघी उजूर परेको भन्ने नदेखिने । (प्रकरण नं. १४) § वादीले जुन सालमा खेती नगरी हेलचेक्राई गर्‍यो भनी दावी लिएको छ, सो सालको कूत प्रतिवादीले धरौट राखेको भन्ने पेश गरेको रसीदको नक्कलबाट देखिँदा, यस्तोमा खेती नगरी हेलचेक्राई गरेको भन्न नमिल्ने । यस्तो स्थितिमा मोही निष्कासन गरिपाउँ भन्ने वादीको दावी बमोजिम मोही निष्कासन गर्न नमिल्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3904
मुद्दाको विषयमोही निष्कासन
निर्णय वर्ष / मिति2046/08/15
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3904
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्