नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 388 · वि.सं. २०२४
नि.नं. 388 — जायजात बेहिसाव
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) दावी नै नभएको कुरामा र पछि उठाएको वाद विवाद समेतमा अदालतले इन्साफ गर्न नमिल्ने । वादिले उजुर गर्दा जति कुरा उजुरीमा दावी लिएको छ त्यति कुरामा सम्म अदालतले इन्साफ गरि दिनु पर्ने हो । उजुरी भई दावी लिएको छैन भने दावी नै नभएको कुरामा पछि उठाएको वाद विवाद समेतलाई लिएर अदालतले इन्साफ गरि दिन मिल्दैन । अतःवादिहरुको उजुर दावी नै नभएको जग्गा विगाहा ११ को हकमा विरगन्ज गोश्वारा भारदारी तेश्रा प्रधान न्यायालय समेतबाट तह तह इन्साफ गर्दै ल्याएको वेमुनासिव ठहराई ०१९।९।१३।६ यो फुल बन्चले गरेको निर्णय संग यो बेन्च सहमत हुन्छ । (प्रकरण नं.२१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 388 |
|---|---|
| मुद्दाको विषय | जायजात बेहिसाव |
| निर्णय वर्ष / मिति | 2024/06/10 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२४, नि.नं. 388 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
