नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 387 · वि.सं. २०२४

नि.नं. 387 — मोहियानी हक

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ऐन लागू हुनु पूर्व गरिएको दाबी कानून व्यख्या सम्बन्धी ऐन, २०१० को दफा ३ अनुसार लागू गर्न नमिल्ने । १० सालकै बालीमा प्रतिवादीहरुले खिचोला र वेदखली गरे भन्ने पहिले उजुर परी म.स.गो.बाट कारवाई चलेको मुद्दामा डिभिजन बेन्चबाट भएको ०१५।१०।२७।१ को फैसला बमोजिम पुनः ०१५।११।२६ मा अदालतमा नालेस दर्ता हुन आएको समेत उक्त भूमी सम्बन्धी ऐन, ०१४ प्रारम्भ हुनु भन्दा अगावै ०१० सालकै वालीमा खिचोला र वेदखली गरे भन्ने दावीको यस्तो कुरामा कानून व्याख्या सम्बन्धी ऐन, ०१० को दफा ३ अनुसार उक्त भूमि सम्बन्धी ऐन, २०१४ लागू गर्न नमिल्ने समेत हुनाले उक्त ०१० सालको निमित्त मोहियानिमा वादीको हक दावी पुग्न सक्ने आधार देखिन आएन । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.387
मुद्दाको विषयमोहियानी हक
निर्णय वर्ष / मिति2024/05/23
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२४, नि.नं. 387
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्