नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 386 · वि.सं. २०२४
नि.नं. 386 — डाका
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) दरखास्तमा डाका भन्ने उल्लेख भएमा र रातको टायम ४ जना भन्दा बढि जवान भई हतियार लिई तर्साई धनमाल लिई गएमा डाकाकै बारदात भन्नु पर्ने । सवालको जबाफमा चोरी लगेको देहाय बमोजिम धनमाल नगदी जिन्सी हो भन्ने उल्लेख गरेको देखिन्छ । उक्त उल्लेख भए बमोजिम बयानमा कतै चोरी डाका र कतै चोरी भने पनि वास्तवमा पहिलेको दरखास्त र सनाखत कागज समेतमा डाका भन्ने नै किटानी उल्लेख गरेको र वारदातको अरु अवस्था हेर्दा रातको टायम ४ जना भन्दा बढीको जमात भई अई पाता फर्काइ वाँधि खुकुरी देखाइ पेस्तोल समेतले हान्छु भनि तर्साई धनमाल लिई गएको भन्ने समेत यस्तो कसुर तत्काल प्रचलित चोरीको ९ नं बमोजम डाका नै ठहर्ने हुँदा डाकाकै कसुरमा बादिले उजुर गरेको मान्नु पर्ने प्रष्टै छ । (प्रकरण नं १०) (२) कस्तो अवस्थाको उजुरीलाई तथ्य भए कै भन्नु पर्ने र पोल उजुर गरे वापत सजाय गर्न नमिल्ने । पोल उजुर गर्दाको अवस्थामा रिस इवी रहेनछ भन्ने पोल उजुर गर्नु पर्ने मनासिव माफिकको तथ्य भई गरेको हो भन्ने मुद्दा हेर्ने अड्डालाई विश्वास भएमा त्यस्तो पोल उजुर गर्ने व्यक्तिलाई लेखिएको सजाय मध्ये सबै वा केहि सजाय नगर्न पनि सक्ने व्यवस्था भएको समेत देखियो । प्रस्तुत मुद्दामा वादिले पोले उजुर गर्दाको अबस्थामा प्रतिवादीहरुसंग रीस इवी थियो । सोहि कारणले प्रेरित भई झुट्टा पोल उजुर गरेको भन्ने मिसिल प्रमाणबाट देखिन नआएको र सर्जमिन समेतबाट वारदातको हकमा भए कै कायम हुन आएकाले यस्तोमा मुनासिब माफिकको तथ्यको अभावमा उजुर गरेको भन्ने नभई तथ्य भएर नै उजुर गरेको भन्नु पर्ने समेत हुँदा झुट्टा उजुर गरे वापत वादिहरुलाई सजाय हुन्छ भन्न मिलेन । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 386 |
|---|---|
| मुद्दाको विषय | डाका |
| निर्णय वर्ष / मिति | 2024/08/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२४, नि.नं. 386 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
