नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 385 · वि.सं. २०२४
नि.नं. 385 — जग्गा हक बेहक
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बिक्रेता माथि बिक्री पूर्व उक्त सम्पत्ति उपर स्वामित्व रहे भएको स्थापित गराउने अभिभारा निहित रहने र आफुलाई प्राप्त हक भन्दा बढी हक हस्तान्तरीत गर्न नमिल्ने । बिक्रेतामाथि बिक्री गर्नु भन्दा पहिले नौ उक्त सम्पत्ति उपर आफ्नो पूर्ण स्वामित्व थियो भन्ने कुरा स्थापित गराउने अभिभारा पनि निहित रहेको हुन्छ किन भने कानूनको यो सर्वमान्य सिद्धान्त हो । कसैले पनि आफुलाई प्राप्त हक भन्दा बढी हक हस्तान्तरित गर्न सक्दैन । आफ्नो स्वामित्वमा नरहेको सम्पत्ति हस्तान्तरण हुन नसक्ने र कायम रहन नसक्ने भएकोले क्रेता भन्दा बिक्रेतामा उक्त सम्पत्तिमा उत्पन्न कुनै पूर्व विवाद आधारहिन हो भनि कायम गर्ने स्वार्थ र हक रहेको हुन्छ । (प्रकरण नं.१८) (२) हक टुटाई हस्तान्तरन गरे पछि पनि हस्तान्तरन गर्नु पूर्व उक्त वस्तुमा हक सम्बन्धी उपस्थित विवादलाई निर्णय गराउन पाउँने । कुनै वस्तु आफ्नो हक टुटाई हस्तान्तरन गरि सकेपछि पनि सो हस्तान्तरन गर्नु भन्दा पूर्व उक्त वस्तु माथि आफ्नो हक सम्बन्धी उपस्थित विवादलाई निर्णय गराउन पाउँने हक निजमा विद्यमान रहन्छ । अतः अ.वं.१०६ नं. बमोजिम प्रस्तुत नालेस उजुर गर्ने बादिलाई हकदैया छ । (प्रकरण नं.२०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 385 |
|---|---|
| मुद्दाको विषय | जग्गा हक बेहक |
| निर्णय वर्ष / मिति | 2024/08/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लोकराज ज्यूको रायमा सहमत नभएकोले सर्बोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री लोकराज जोशीको समेत ०२४।४।१५।१ को डिभिजन बेन्चको फैसला । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२४, नि.नं. 385 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
